कांग्रेस बागमती प्रदेश समितिमा १६ सदस्य मनोनीत

कांग्रेस बागमती प्रदेश समितिमा १६ सदस्य मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनीत भएका छन् । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनीत गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाण्डु, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाण्डु, गौरी दवाडी काठमाण्डु, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाण्डु छन् ।