लेटाङ घटनाका दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

लेटाङ घटनाका दोषीलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कडा कारबाही हुने बताएका छन् ।

सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कडा कारबाही गर्ने दावी गरेका हुन् । प्रहरी जवानको हत्यामा संलग्नले उन्मुक्ति नपाउने देउवाले बताए । त्यसैगरी प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सरकारले तोकेकै मितिमा हुने बताएका छन् ।

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माविमा आइतवार आक्रोशित समूहको खुकुरी प्रहारबाट खोटाङकी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

झडपमा उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । उनलाई तत्कालै लेटाङ बजारस्थित मनकामना अस्पताल पुर्याइयो, तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।