माओवादी छोड्नेको लहर :महराका स्वकीय सचिव र बागलुङ नगर अध्यक्षद्धारा पार्टी परित्याग गरेको घोषणा

माओवादी छोड्नेको लहर :महराका स्वकीय सचिव र बागलुङ नगर अध्यक्षद्धारा पार्टी परित्याग गरेको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीले दिएको जिम्मेवारीप्रती असन्तुष्टि जनाउंदै शर्माले माओवादी केन्द्र त्यागेको घोषणा गरेका हुन् ।

शर्मा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत हुन् । दाङ जिल्लामा जनमत भएका नेताका रुपमा चिनिने उनि घोराही उपमहानगरको मेयर पदको प्रतिस्पर्धी समेत थिए ।

उनले सोमबार सामाजिक संजालमा लेखेका छन् ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र )को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु । ’

त्यसैगरी माओवादी केन्द्रको बागलुङ नगर अध्यक्ष इन्द्र केसीले समेत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । केसीले विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका हुन् ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।