काठमाण्डु- नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा मोआवादी केन्द्रलगायतका दलसँग स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न सकिने बताएका छन् । मंगलबार पत्रकारहरु सँग कुरा गर्दै भुसालले वामपन्थी गठबन्धन गरेर जानको लागि समय बाँकी रहेको बताएका हुन् ।
कम्युनिस्ट पार्टीको विभाजन गलत थियो भनेर दुवै पक्षले महसुश गरेमा गठबन्धन गर्न अप्ठेरो नभएको उनले दावी गरे । ‘माधव–प्रचण्ड कमरेडको आँखाबाट हेर्दा केपी ओली खतरनाक र ओलीको आँखाबाट हेर्दा प्रचण्ड-माधव खतरनाक देखिएको छ । बाहिरबाट दुई वटै खतरनाक भन्छन् । सडकमा हिँड्ने सामान्य मान्छेले के बुझ्ने भए भने दुवै खतरनाक । कम्युनिस्ट आन्दोलनका लागि यो डरलाग्दो विषय हो ।’, उनले भने ।
उनले यस भन्दाअघि नेताहरुको भनाभनकैबीचमा गठबन्धन गरेको पनि स्मरण गराए । भुसालले हाल चुनामा गठबन्धन गर्न सजिलो रहेको समेत बताए । ‘चुनाव आइसक्यो कसरी एकता हुन्छ भन्ने कुरा छ, २०७४ सालमा एक खालले छापामार शैलीमा भएको थियो । मंसिरको चुनावका लागि असोजमा अचानक गठबन्धन गरेका थियौँ,’ भुसालले भने, ‘नेताहरूबीच भनाभन चलिरहेका बेला गठबन्धन बनेको थियो, अहिले पनि पर्याप्त समय छ । हिजो भन्दा आज एकताका लागि सजिलो छ । ’
त्यसैगरी भुसालले सर्वोच्च अदालतको संवैधानिक इजलासले गलत छ भनिसकेको भन्दै अब पनि संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने दावी गरे । ‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं ।




प्रतिक्रिया