काठमाण्डु – नेकपा एमालेले स्थानीय निर्वाचनलाई लक्षित गरेर मोबाइल एप ल्याउने तयारी गरेको छ । चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल एप ल्याउन लागेको हो ।
एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए ।
उनले भने, ‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले भोलि सीपिएन यूएमएल एम सार्वजनिक गर्छ ।’
अध्यक्ष ओलीले एमालेप्रति जनआकर्षण बढेको पनि दावी गरे । ‘नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य थिए । तर, त्यो संख्या बढेर अहिले ११ लाख पुगेको छ ।
एमालेप्रति जनआकर्षण बढेको छ, एमाले प्रवेशको लहर देशभर चलेको छ’, उनले भने, ‘प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एप प्रभावकारी हुनेछ ।’




प्रतिक्रिया