एमाले देशकै ठूलो पार्टी भएकाे ओलीकाे दावी

एमाले देशकै ठूलो पार्टी भएकाे ओलीकाे दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दावी गरेका छन् ।केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमाले कम्युनिष्ट पार्टीमात्रै नभएर देशकै ठूलो पार्टी भएकाे बताएका हुन ।

‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ तर, यो गलत छ,’ उनले भने, ‘हामी समग्रमा ठूलो पार्टी हो । प्रजा परिषद पनि यसमै समाहित भएको छ । यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौँ ।’

 उनले आजका समस्या र चुनौती सामना गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको धारणा राखे । ‘जनताको अभिमतबाट अभिभारा पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनु पर्छ,’ उनले भने ।