काठमाण्डु – नेपाल खेलकुद महासंघ ओखलढुंगाका सचिव कुमार थापाले मोलुङ गाउँपालिका वडा नं. ७ को वडाअध्यक्षमा उठ्ने तयारी गरेका छन् ।
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थनीय निर्वाचनका लागि उनले आफु वडाअध्यक्ष पदमा उठ्ने बताएका हुन् । अहिलेका युवामा काम गर्ने जोस, जाँगर र दीर्घकालीन भिजन हुने भन्दै सचिव थापाले आफुले नेतृत्व लिन खोजेको बताए । साथै उनले आफु वडाको बागडोर हाँक्न योग्य रहेको र पार्टीले आफुलाई टिकट दिन सकारात्मक रहेको समेत बताए ।
‘अहिलेका युवामा जोस, जाँगर र दीर्घकालिन भिजन छ । तर, पढेलेखेका युवाहरु राजनीतिबाट टाढिँदै गइरहेका छन् । उनीहरुले राजनीतिलाई फोहरी खेलको रुपमा बुझेका छन्,’ उनले भने, ‘राजनीति फोहरी खेल नभई पबित्र माध्यम हो । मुलुकको निकासको निमित्त युवाहरुले नेतृत्व लिनुपर्छ । त्यसका लागि म सक्षम छु ।’
उनले मुलुकको निकासको निमित्त युवाहरुले नेतृत्व लिनुपर्ने र विदेशिएका युवाहरुलाई गाउमै रोजगारी, गुणस्तरीय शिक्षा, खेलाडीहरुलाई उपयुक्त खेलमैदान र खेल प्रशिक्षक उपलब्ध गराउने, वृद्धवृद्धाको सम्मान, स्वास्थ्यको सबै नागरिक सामु पहुँच पुराउन, महिला, बालबालिका तथा अपांगको उचित सम्मान/बिकास निर्माण कार्यमा सबै भुभागमा उचित किसिमको भूगोलको माग अनुसारको बिकास, निर्माणको निमित्त आफु सक्षम रहेकोले आफ्नो उम्मेद्बारी रहेको बताए ।




प्रतिक्रिया