विवकेशील साझाका नेताद्धय वैद्य र रञ्जितकार एमालेमा प्रवेश

विवकेशील साझाका नेताद्धय वैद्य र रञ्जितकार एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीका नेताद्धय दिपेश वैद्य र सुमित दास रञ्जितकार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार जारी एमालेको केन्द्रीय कमिटी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

वैद्य गएको प्रदेशसभा निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए । यस्तै,सुमित दास विवेकशील साझाको वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख थिए ।

वैद्य र दास एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन भट्टराईले जानकारी दिए । भट्टराईले उनीहरुसहित अन्य पार्टीका सयौं कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको बताए । एमालेले स्थानीय तहको निर्वाचनलाई केन्दित गरेर देशैभर पार्टी प्रवेशको अभियान चलाइरहेको छ ।

आजै माओवादी केन्द्रका प्रवक्ता कृष्ण महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती समेत एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका हुन् ।