एमालेले स्थानीय चुनाव जित्ने मुख्य १८ आधार

एमालेले स्थानीय चुनाव जित्ने मुख्य १८ आधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले स्थानीय तहको चुनाव जित्ने मुख्य आधारहरु प्रस्तुत गरेका छन् ।

बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमार्फत एमाले एक्लैले स्थानीय चुनाव जित्ने भन्दै देशका मुख्य १८ आधारहरु पेश गरेका हुन् । जसमा एमालेले गरेकाकेही कामको चर्चा गरिएको छ ।

अध्यक्ष ओलीले १८ बुँदामा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ लगायत उल्लेख गरेका छन् ।

त्यस्तै केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा भूमिका खेलेको, स्थानीय तहलाई प्रभावकारी बनाउन योगदान गरेको, प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, पालिका केन्द्र जोड्ने सडक लगायतका कार्यक्रम ल्याएकाले पनि एमालेले स्थानीय चुनाव जित्ने दावी ओलीले गरेका छन् ।

ओलीले बैठकमा पेश गरेका चुनाव जित्ने मुख्य १८ आधार :