काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले आज बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच स्थानीय तह निर्वाचन, शान्ति सुरक्षाका वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ । यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी छ । तर नेपाली कांग्रेसमा अधिकांश नेताहरुका एक्लै चुनाव लड्नुपर्ने मत छ ।
चुनावी तालमेलबारे कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि छलफल भइरहेका छन् । त्यस्तै आज बस्ने बैठकले चुनावी तालमेलबारे ठोस निर्णय लिने बताइएको छ ।




प्रतिक्रिया