माधव नेपालको दावी : बालुवाटारमा ओलीले बंकर बनाएर गोप्य सड्यन्त्र बुने

माधव नेपालको दावी : बालुवाटारमा ओलीले बंकर बनाएर गोप्य सड्यन्त्र बुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् ।समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै उनले पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताएका हुन् ।

उनले पार्टी संगठनप्रति मानिसहरूको आकर्षण बढिरहेका दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा बालुवाटारमा घरसँगै बंकर पनि बनाएको आरेप लगाए ।

‘केपी ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाए । किन बनाए त भन्दा संसद विघटनलगायतका षड्यन्त्र बुन्नका लागि बनाएका थिए । उनले राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बसेर धेरैपटक गोप्य कुराकानीहरू भए,’ उनले भने ।