एमाले स्थायी कमिटी बैठकः ओलीले गरे चिनियाँ विदेशमन्त्री वाङसँगको भेटबारे ब्रिफिङ

एमाले स्थायी कमिटी बैठकः ओलीले गरे चिनियाँ विदेशमन्त्री वाङसँगको भेटबारे ब्रिफिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रथम स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । आइतबार बसेकाे बैठकको सुरुवातमा अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । ओलीले वाङसँगको भेट अत्यन्तै सौहार्दपूर्ण वातावरणमा भएको बताएका छन् ।

वाङसँगको भेटमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतको सहभागि थियो । त्यसैगरी भेटमा ‘नोट किपर’को रुपमा परराष्ट्र मन्त्रालयका उपसचिव रहेका अध्यक्ष ओलीले बताए । ‘हामीले राख्ने, देखाउने र लुकाउने कुरा केही पनि छैन।’ परराष्ट्र मन्त्रालयको प्रतिनिधि राख्नुपर्नाको कारणबारे उनले भने ।

उनले चिनियाँ परराष्ट्रमन्त्रीसँग चीन र नेपालको सम्बन्धको बारेमा कुरा भएको बताए । त्यस्तै वाङले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई सम्मान गर्ने धारणा राखेको ओलीको भनाइ छ ।