काठमाण्डु – नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले चैतदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको गएराति सरुवा गरेको हो । इलाका प्रहरी कार्यालय पथरी मोरङका डीएसपी कृष्ण खड्का अख्तियार दुरुपयोग अनुन्धन आयोग टंगालमा सरुवा भएका छन् ।
त्यस्तै ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालयमा एसपीको काज सरुवा गरेको हो ।
मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ ।
आगामी वैशाख ३० गते स्थानीय निर्वाचन हुँदैछ । स्थानीय निर्वाचनको मुखमा प्रहरी हेडक्वाटरले व्यापकरूपमा सरुवा, बढुवा गरिरहेको छ ।
डीएसपीहरूकाे सरूवा, काे कहाँ ?




प्रतिक्रिया