प्रदेश १ मा एसपी देखी जवानसम्म ३८ जना निलम्बनमा

प्रदेश १ मा एसपी देखी जवानसम्म ३८ जना निलम्बनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी निलम्बनमा परेका छन् । एक वर्षको अवधिमा उच्च प्रहरी अधिकृतदेखि जवानसम्म निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष ०७४ ७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पेशाप्रति जवाफदेही नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी विध्यानन्द माझी निलम्बनमा परेका थिए । तर, एसपी माझीमाथिको निलम्बन फुकुवा भइसकेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटीमा छन् ।

तत्कालीन समयमा सुनसरी प्रहरीका प्रमुख रहेका माझीलाई बालिका बलात्कारको घटनामा ‘मिलापत्र’ गराएको भन्दै विभागीय कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक चिरन्जीवि दाहाल पनि निलम्बनमा परेका थिए । प्रदेश प्रहरी कार्यालयले एक वर्षको अवधिमा कसुरको मात्रा हेरी ३५६ जनालाई कारबाही गरेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी केदार रिजालले प्रहरी संगठन भित्र व्यवसायिक र दक्ष, इमान्दार प्रहरी कर्मचारी निर्माणका लागि प्रयास भइरहेकाले आफ्नो पेशा र मर्यादा विपरीत काम गर्न प्रहरी कर्मचारीलाई छुट नहुने बताए । ‘हामी नमूना प्रहरी बनाउने अबधारणा अनुसार अघि बढेका छौ,’ उनले भने, ‘हाम्रो यो यात्रामा कोही प्रहरी कर्मचारी बाधक बन्छ भन्ने ऊ विभागीय कारबाहीको भागिदार हुन्छ ।’

प्रहदेश प्रहरी कार्यालयले पछिल्लो समयम गएको दुई महिनामा प्रहरी आचारण विपरीत काम गर्ने पाँचलाई निलम्बन गरेको छ भने ७१ जनालाई विभागीय कारबाही गरेको छ ।

गएको जेठको पहिलो साता प्रहरी नायव महानिरीक्षकका रुपमा केदार रिजाल आएपछि प्रहरी कर्मचारी विभागीय कारबाहीको क्रम ह्वातै बढेको हो ।प्रहरी आचारण विपरीत कार्यमा संलग्न भएको पाइएपछि कसुरको मात्राहरु उनीहरुमाथि विभागीय कारबाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।