विप्लवको पार्टीले चुनावमा भाग लिने, आयोगसँग प्रकाण्डले गरे छलफल

विप्लवको पार्टीले चुनावमा भाग लिने, आयोगसँग प्रकाण्डले गरे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु बिहीबार निर्वाचन आयोगमा पुगेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरु आज दिउँसो आयोग पुगेका हुन् ।

उनीहरुले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग निर्वाचनमा भाग लिन दल दर्तासहितका प्रावधानबारे छलफल गरेका छन् ।आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता प्रकाण्डले आफूहरुले चुनावमा भाग लिने निर्णय गरिसकेकाले थप परामर्शका लागि आएको बताए ।

‘हामीले चुनावमा जाने निर्णय गरिसकेका छौं । त्यसैले दल दर्ताका लागि आवश्यक प्रावधान बुझ्न आएका हौँ,’ उनले भने । आजै नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।पोखरेलसहितले ६ बुँदे असहमि पत्र बुझाए लगत्तै प्रकाण्ड नेतृत्वको टोली आयोग पुगेको हो ।