सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल मुख्य एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल मुख्य एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बस्न लागेको हो ।

स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेता सहभागी हुने बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ ।

केन्द्रबाट गठबन्धनको सैद्धान्तिक निर्णय भएसँगै विभिन्न जिल्लामा सत्ता गठबन्धनले संयन्त्र बनाएर तालमेलको तयारी गरिरहेका छन् ।