निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको मुद्दा ‘हेन नभ्याइने’मा

निलम्बित प्रधानन्यायाधीश राणाविरुद्धको मुद्दा ‘हेन नभ्याइने’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत फागुन १ गते प्रतिनिधिसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

सोही महाभियोगको प्रस्ताव बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट दर्ता भएको छ । फागुन ११ गते अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेशको माग गर्दै र १२ गते अधिवक्ताहरु त्रिलोकबहादुर चन्दसहितले रिट दर्ता गराएका थिए ।