राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्  । सरकारले असहयोग गरेको भन्दै शुक्रबार छानबिन समिति बनाएपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेपछि अर्थ मन्त्रालयले उनीमाथि छानबिन गर्न ३ सदस्यीय छानविन समिति बनाएको हाे । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरलाई निलम्बन गर्नुअघि छानविन समिति पनि बनाउनुपर्ने व्यवस्था छ ।

स्रोतका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिने निर्णय गरेको छ । गभर्नर अधिकारीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेको थियो ।