एक वर्षमा २५ अर्बको ग्यास आयात

 एक वर्षमा २५ अर्बको ग्यास आयात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ अर्ब रुपैयाँ भन्दा बडीको खाना पकाउने एलपी ग्यास खपत भएको छ।

सहजै प्रयोग गर्न सकिने अत्यावश्यक बस्तुको रुपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैया बराबरको भण्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ। स्वदेशमा विकल्प नभएको ग्यास सहरी क्षेत्रमा नभएर ग्रामिण क्षेत्रमा पनि प्रयोग बढ्दै गएपछि वर्सेनी आयतदरसमेत बढ्दै गएको हो।

बढ्दो सहरीकरणसँगै दाउर र गुइँठाको अभाव हुन थालेपछि ग्यासको खपसँगै आयातदर वर्सेनि बढ्दै गएको नेपाल आयल निगमले जनाएको खबर कारोबार दैनिकमा छ। गत आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले गएको एक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयत भएको बताए।