काठमाण्डु – राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मंगलबार दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शुक्रबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नाता पर्ने उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम मनोनित गरेकी हुन् ।




प्रतिक्रिया