बारेकोट गाउँपालिका अध्यक्षमा गिरीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

बारेकोट गाउँपालिका अध्यक्षमा गिरीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरी उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार पार्टीको गाउँ कमिटी बैठको निर्णय अनुसार गाउँपालिका अध्यक्षमा एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरी उम्मेदवार बन्ने भएका हुन् । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा विजयी भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाबाट काँग्रेसले अध्यक्षमा र माओवादी केन्द्रले उपाध्यक्षमा जित हासिल गरेको थियो । एमाले भने तेस्रो शक्तिका रुपमा छ ।