काठमाण्डु – भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत फेरिएका छन् निर्वाचन आयोगले सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । रावल एक नम्बर न्यायाधीश हुन भने अधिकारी चौथो नम्बरका न्यायाधीश हुन् ।
रावलले भने आफ्नो स्वास्थ्यमा देखिएको समस्याले गर्दा आफैले नै आयोगमा अनुरोध गरेबमोजिम भएको दावी गरेका छन् । उनले रिङ्टा लाग्ने र बमन हुने समस्याले अस्वस्थ भै दुई दिनको अस्पताल बसाई पछि अहिले घरमा आराम गरी रहेको बताएका छन् ।
रावलले स्वास्थ्य अबस्थामा तत्काल पुर्ण सुधार आई नसकेको अबस्थामा थप केही दिन घरमै आराम गर्नु पन्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम अहिले घरमै आराम गरिरहेको जानकारी दिएका छ्न ।
उनले भनेका छन् ‘ मेरो यो असहज अबस्थामा मैले निर्बाचन आयोगमा गरेकोे अनुरोध बमोजिम नै निर्बाचन आयोगबाट हिजो चितवनको मूख्य निर्बाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषदबाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मूख्य निर्बाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अबस्था हो ।’
उनले आफ्नो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको परिस्थितीलाई केही संचार माध्यमहरुमा अन्यथा अर्थ हुने गरी समाचार सम्प्रेषण भएकोले भएको भन्दै समाचारमा उल्लेख भए जस्तो नभएको दावी गरेका छन् ।
निर्वाचन आयोगले मुख्य निर्वाचत अधिकृत हेरफेरलाई सामान्य भनेको छ । यसअघि पनि ७१ जना मुख्य निर्वाचनहरू हेरफेर गरिएका थिए ।
भरतपुरमा यसअघि मतपत्र च्यातेर मेयरमा रेणु दाहाललाई जिताइएको आरोप लागेको थियो । उक्त प्रकरणमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको आरोप लागेपछी अहिले पनि मुख्य न्यायाधीश परिवर्तनको विषय सबैको चांसोको विषय भएको छ ।




प्रतिक्रिया