बिहीार ४ जनामा कोरोना संक्रमण पुष्टि

बिहीार ४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३४२ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा पीसीआर तथा एन्टीजेन पोजेटिभ देखिएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

यस सँगै हालसम्म मुलुकभर ९ लाख ७८ हजार ६३४ जनामा पीसीआर पोजेटिभ र १ लाख ४० हजार १५८ जनामा एन्टीजेन पोजेटिभ देखिएको छ । बिहीवार ४४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म मुलुकभर ९ लाख ६६ हजार २०४ जना संक्रमित उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीवार मृत्यु हुने संक्रमितको संख्या शून्य छ ।