एमाले अध्यक्ष ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित

एमाले अध्यक्ष ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् ।

बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई मेधावी योगदान’ पदकबाट विभूषित गरेकी हुन् । विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो ।

प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीले पाएका हुन् ।

स्काउटका अनुसार विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यसबाट विभूषित भएका छन् ।

ओली प्रधानमन्त्री भएकै बेला स्काउटको विकास र विस्तारमा विशेष पहल भएको थियो भने देशका ७५३ वटै स्थानीय तहमा स्काउट विस्तार भएको थियो ।