काठमाण्डु – नेकपा एमालेले काठमाण्डु महानगरपालिकाको मेयरमा विद्यासुन्दरसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुधबार बसेको एमाले महानगर कमिटीको बैठकले शाक्यसहित पाँच जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो ।
मेयरमा उम्मेदवार सिफारिस हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त रहेका छन् । मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन् । त्यस्तै केशव स्थापित पूर्वमेयर हुन् । रामवीर मानन्धर पूर्वमन्त्री हुन् ।
यस्तै उपमेयरमा उम्मेदवारका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस गरिएको छ ।
महानगर कमिटीले सिफारिस गरेको नामबाट जिल्ला कमिटी हुँदै स्थायी कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ ।




प्रतिक्रिया