काठमाडौं–सशस्त्र प्रहरीमा एआईजीको सरुवाको तयारी भएको छ । गृहमन्त्रालयले स्रोतले दिएको जानकारीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीको सरुवाको प्रस्ताव तयार गरेका छन् । गृहमन्त्री रामबहादुर थापालाई आईजिपी खनालले सरुवाको प्रस्ताव पठाइसकेको स्रोतको दाबी छ ।
खनालले पठाएको प्रस्तावमाथी गृहमन्त्रालयमा सोमबार छलफल भएपनि सरुवाको प्रस्ताव भने अघि बढेको छैन् । खनालले सशस्त्रमा हाल रहेका तीन जना एआईजीहरु पुष्पराम केसीलाई राष्ट्रिय सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान नारायणबावु थापालाई मानवस्रोत विभाग(साविकको प्रशासन विभाग) र रामशरण पौडेललाई कार्य तथा सिमा विभागमा सरुवाको प्रस्ताव गरेका छन् ।
यसअघि शसस्त्रमा वरियतामा एक नम्बरमा रहेका एआईजीलाई प्रशासन विभाग पठाउने प्रचलन थियो । तर,शसस्त्र महानिरीक्षकको प्रतिस्पर्धामा रहेका केसीलाई आईजिपी खनालले सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठानमा सरुवा सिफारीस गरेका छन् ।
उनले आफु निकट एआईजी थापालाई मानवस्रोत विभागमा सरुवा सिफारीस गरेका हुन । यसअघि एसएसपी हुंदा वरियतामा थापा र केसी खनालभन्दा अघि रहेपनि राजनितीक दबावमा खनाल डिआईजीमा बढुवा भएका थिए ।
त्यसपछि एआईजीमा समेत एक्लै बढुवा भएपछि आईजिपी हुन उनलाई सहज भएको थियो । खनालले पछिल्लो समय संगठनभित्र चर्को गुटबन्दी गरेको सशस्त्रकै उच्च अधिकारीहरु बताउंछन् । उनले सरुवा बढुवाको सिस्टम समेत भद्रगोल बनाएको स्रोतको दाबी छ ।
एआईजीको सरुवा गृहमन्त्रीले गर्ने भएपनि प्रस्ताव तयार गर्ने जिम्मा भने मन्त्री थापाले खनाललाई दिएका छन् । खनालले मन्त्री थापालाई सरुवाको बारेमा सहमत गराइसकेको स्रोतको दाबी छ ।




प्रतिक्रिया