ललितपुरको मेयरमा कांग्रेसबाट चिरीबाबुसहित सात जनाको नाम सिफारिस

ललितपुरको मेयरमा कांग्रेसबाट चिरीबाबुसहित सात जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ । ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहो¥याउने इच्छा देखाएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।

नगर सभापति धाख्वा पनि संस्थापन पक्षकै हुन्। उनी पनि यसपालि मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्। प्रेमकृष्ण यसअघि चुनावमा ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभामा उठेर पराजित भएका थिए। उनी ०५४ को चुनावमा पनि ललितपुरमा उपमेयरमा पराजित भएका थिए। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

यस्तै भरतलाल पनि लामो समयदेखि कांग्रेस राजनीतिमा छन् । उनले ०७४ मा पनि मेयरका लागि दाबी गरेका थिए। लामो समय नगर सभापति भएर काम गरेकोले जनमानसमा आफू भिजेको र पुरानो नेता भएकोले पनि यसपालि टिकट पाउनुपर्ने उनको दाबी छ ।
ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन।