काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ एकतावद्ध भएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । आज बिहान आफ्नै निवासमा बसेको पूर्व स्थायी समिति बैठकमा चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गर्दै सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका हुन् ।
‘हामी पूर्व स्थायी नेताहरु खुमलटारमा बसेका थियौ । स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा बिफ्रिङ गराउनुभयो । सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ’ नेता लिलामणि पोखरेलले भने, ‘परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’
बैठकले यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ । स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
‘अहिले पार्टी प्रवेशको लहर नै चलेको छ । ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो’ साहले भने, ‘नवप्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।’




प्रतिक्रिया