सरकार र सीके राउतको पार्टीबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग

सरकार र सीके राउतको पार्टीबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीके राउत नेतृत्वको जनमत पार्टीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ ।

राउतसहित पार्टीका नेताहरूले शुक्रबार मन्त्रालय पुगेर गृहमन्त्री बालकृष्ण खाँणसँग सरकारले आफुहरुसँग गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि नै कार्यान्वयन गर्न माग गरेका हुन् ।

त्यस्तै उनीहरुले भेटमा विभिन्न आरोपमा थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने, कृषिसम्बन्धी लगायत आफूहरूका माग पूरा गर्नुपर्ने माग गरेका छन् ।

जवाफमा गृहमन्त्री खाँणले मुलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको बताएका छन् । साथै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका छन् ।

भेटमा जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दीपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।