सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

सानेपामा कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक जारी छ । केहि बेरअघि पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम जारी छ ।

समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् । समिति ५६ सदस्यीय रहेको छ । आजको बैठकमा जिल्लामा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्नेबारे छलफल भइरहेको छ ।