कांग्रेसको चुनावी सभा : दुई घण्टाभित्र कार्यक्रम सक्नुपर्ने, गठबन्धनका नेताको आसनग्रहण अनिवार्य

कांग्रेसको चुनावी सभा : दुई घण्टाभित्र कार्यक्रम सक्नुपर्ने, गठबन्धनका नेताको आसनग्रहण अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको हो ।

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्ने केन्द्रीय सदस्य नैनसिंह महरले बताए । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उनले बताए ।

बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ । जसअनुसार गठबन्धन भएको ठाउँमा गठबन्धनमा रहेका दलका १/१ जनालाई आसनग्रहण अनिवार्य गरिएको छ ।

यस्तै, सभापति, प्रमुख अतिथि वा प्रमुख वक्ता, पदीय मर्यादा बमोजिम पार्टीका नेताहरूलाई सामूहिक र उमेदवारहरूलाई आसनग्रहण गराउन निर्देशन बैठकको छ ।