कृषि विकास बैंकको पाँच करोड हिनामिना प्रकरणः न्यूरोड शाखा प्रबन्धकसहित तीन पक्राउ

कृषि विकास बैंकको पाँच करोड हिनामिना प्रकरणः न्यूरोड शाखा प्रबन्धकसहित तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकको न्युरोड शाखामा चार करोड ९१ लाख घोटाला प्रकरणमा शाखा प्रबन्धकसहित थप तीन कर्मचारी पक्राउ परेका छन्।

 

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका ब्युरोले न्युरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ (इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठालाई सोमबार पक्राउ गरेको हाे।

 

 

उनीहरुलाई बैंकिङ कसुर मुद्दामा अदालतबाट सिआइबीले थुनामा राख्न आदेश लिएको छ।

 

 

प्रहरीले यसअघि बैंकका दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको थियो।