दंगलकी नायिकामाथि विमानमै यौनदुर्व्यवहार गर्ने पक्राउ

दंगलकी नायिकामाथि विमानमै यौनदुर्व्यवहार गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–बलिउड फिल्म ‘दंगल’ की १७ वर्षीया नायिका जायरा वसीममाथि यौनदुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

नायिका वसीममाथि विस्तारा एयरलाइन्समा यौनदुव्र्यवहार गरेको आरोपमा भारत प्रहरीले ३९ वर्षीय विकास सचदेवलाई पक्राउ गरेको हो।

 

आफूूमाथि भएको यौनदुव्र्यवहार घटनालाई जायराले आफ्नो इन्सटाग्राम एकाउण्टबाट लाइभ भिडियोमार्फत जानकारी दिएकी थिइन्।

 

 

जायराका अनुसार दिल्लीदेखि मुम्बई आउँदा आफ्नो पछि बसेका एक अधवैसे पुरुषले दुर्व्यवहार गरेका थिए। विमानमा कम प्रकाश भएको कारण उनले यो रेकर्ड गर्न पाइनन्। उनका अनुसार ती व्यक्तिले ५ देखि १० मिनेटसम्म उनको कम्मर र घाँटीमा छाएका थिए।

 

विकासविरुद्ध आइपिसीको धारा ३५४ र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अपफेन्स एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ। सोमबार उनलाई अदालतमा पेश गरिएको छ।

अमिर खानको दंगलबाट बलिउडमा चर्चित बनेकी जाराले पछिल्लो चलचित्र सिक्रेट सुपरस्टारमा काम गरेकी थिइन्।