कुरा मिलेन भनेर माथि नभन्नु, सम्भावना भएको ठाउँमा मात्र तालमेल हुन्छ : गगन थापा

कुरा मिलेन भनेर माथि नभन्नु, सम्भावना भएको ठाउँमा मात्र तालमेल हुन्छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलको सम्भावना भएको ठाउँमा मात्र तालमेल हुने बताएका छन् ।

आइतबार बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले अबको एक दुई दिनभित्र तालमेलको सम्भावना भएको ठाउँमा मात्र चुनावी तालमेल हुने बताउँदै अब त्यो भन्दा बढि तालमेलको लागि थप समय नदिइने दावी गरेका हुन् ।

‘अबको एकरदुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन । स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’, उनले भने ।

त्यसैगरी चुनावी तालमेलबारे निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् ।  ‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।