प्रचण्ड-माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेटवर्ता

प्रचण्ड-माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेटवर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुले भेटवार्ता गरेका छन् ।

आइतबार प्रचण्ड माधव नेपालसँग भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायतका विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताए ।

भेटवार्तामा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ सहभागी थिए ।