सर्वोच्चले भन्यो- निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि मात्र दर्ता गर्छाैं

सर्वोच्चले भन्यो- निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि मात्र दर्ता गर्छाैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको जनाएको छ ।

आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो । अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ,’ प्रवक्ता पौडेलले भने ।

सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।