काठमाण्डु – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाएको छ ।
शनिवार र आइतवार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो । यसअघि गत असोजमा भएको अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो ।
अखिल क्रान्तिकारीको ४१ सदस्यीय पदाधिकारीमा जीपी मैनाली, इन्द्र भुषाल, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशी सहित १९ जना उपाध्यक्ष बनेका छन् ।
महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही चयन भएका छन । अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी यस अघि १ सय ९९ सदस्यीय हुने भनिएपनि आजको बैठकले २ सय ९९ जना सदस्य हुने निर्णय गरेको हो ।




प्रतिक्रिया