माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन् ।