सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, अर्को बैठक आजै बस्ने

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, अर्को बैठक आजै बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । महानगर, उपमहानगरमा भागबण्डा मिलाउन बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । साथै उनले आजै बेलुकासम्म ६ महानगर , ११ उपमहानगरमा भागबण्डा टुंगो लगाउने बताए ।

गठबन्धनमा आबद्ध दलहरुले आ–आफ्ना अडान कायम राख्दा सहमति हुन सकेको छैन । आइतबार बसेको गठबन्धनको बैठक पनि सहमति हुन नसक्दा बिना निष्कर्ष टुंगिएको थियो ।

यही वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदैछ ।

मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी हुँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।