स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सर्दैन: प्रचण्ड

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सर्दैन: प्रचण्ड

आजै सबै महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे ।

‘निर्वाचन सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु ।’ प्रचण्डले भने ।

निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे । त्यसैगरी उनले देशभरका सबै महानगर र उपमहानगरमा गठबन्धनले सिट बाँडफाँट टुंग्याउने बताएका छन्।

‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिनेको नजिक पुगेको छ । अब यहाँबाट सिधै गठबन्धनको बैठकमा जाने हो । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिकामा तालमेल निष्कर्षमा पुग्छौं’ उनले भने ।