काठमाण्डु- सत्ता रुढ पाँच दलीय गठबन्धनको बैठक जारी रहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।
महानगरको भागबण्डा मिलाउन गठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूत बालुवाटार छिरेका हुन् । पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार प्रवेश गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
गठबन्धनका दलबीच आजै साँझसम्म महानगरको भागवण्डा टुंग्याउने तयारी छ ।




प्रतिक्रिया