रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकसिफारिसपा एमालेले ८ जनाको नाम  गरेको छ ।

एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । वैशाख ३ गतेदेखि ६ गतेसम्म बसकेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो ।

नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिए ।