गठबन्धनमा मिल्यो भागबण्डा : कांग्रेसलाई ७ उपमहानगर, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)

गठबन्धनमा मिल्यो भागबण्डा : कांग्रेसलाई ७ उपमहानगर, कसको भागमा कहाँ ? (सहमति पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दलीय सत्ता साझेदार दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको गठबन्धनको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको हो ।

आज बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उनले भनिन्, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।’

सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकामा आफ्नो उम्मेदवार उठाउन पाउने भएको छ । कांग्रेसको भागमा भरतपुर, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।