गठबन्धनमा भागबण्डा : एकीकृत समाजवादी र माओवादीलाई बराबर सिट !

गठबन्धनमा भागबण्डा : एकीकृत समाजवादी र माओवादीलाई बराबर सिट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् ।

सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ । उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुख पाएका छन् ।

माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ । त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एक÷एक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ ।

काठमाण्डुमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ । त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ ।

घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउदा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ ।

त्यस्तै उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सीट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ । माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा २२ जना सांसद रहेका छन् ।