कांग्रेस बागमती प्रदेशले तोक्यो १३ जिल्ला संयोजक, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)

कांग्रेस बागमती प्रदेशले तोक्यो १३ जिल्ला संयोजक, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय तह निर्वाचनका लागि प्रदेश अन्तर्गतका जिल्लाहरुमा संयोजक तोकेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरू तोकेका हुन् ।

बागमती प्रदेशका मख्यसचिव राजु नेपालले विज्ञप्ति जारी गरेर उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला संयोजक तोकिएको जानकारी दिएका छन् ।

काँग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाण्डुमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोट जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजकमा तोकेको छ ।

त्यस्तै भक्तपुर कृष्णलाल भँडेल, मकवानपुर निमा लामा, धादिङ सन्तबहादुर प्रजा, दोलखा प्रभात तामाङ, रसुवा लामाकार्पु तामाङ, सिन्धुली दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको छ ।