रुकुम पश्चिममा एमालेले टुंग्यायो सर्वसम्मत उम्मेदवार

रुकुम पश्चिममा एमालेले टुंग्यायो सर्वसम्मत उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रूकुम पश्चिमले प्रमुख, उप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष पदका उम्मेदवारहरूको टुंगो लगाएको छ ।

जिल्ला कमिटीको बैठकले जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याएको हो । जसअनुसार मुसीकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतारा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

चौरजहारी नगरपालिकाको प्रमुखमा टंकप्रसाद ओली, उपप्रमुखमा डण्डी कार्की, आठबिसकोट नगरपालिकाको प्रमुखमा दिनेश चन्द र उपप्रमुखमा कृष्णाकुमारी मल्ललाई एमालेले उम्मेदवार बनाएको छ ।

यस्तै, बाँफीकोट गाउँपालिका अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेल, सानीभेरी गाउँपालिकाको अध्यक्षमा प्रकाश खड्का र उपाध्यक्षमा पवित्रा डाँगीलाई उम्मेदवार बनाइएको छ ।

त्रिवेणी गाउँपालिकामा डिल्लीबहादुर ओली अध्यक्ष र धनकला विष्टलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।