काठमाण्डु – नेकपा एमालेले कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा १७ योद्धालाई सम्मान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन सहयोग गर्ने १७ जनालाई सम्मान गरिएको हो ।
उनीहरुलाई प्रमाणपत्र र पुष्पगुच्छासहित अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सम्मानित हुने व्यक्तिहरुः
१) टेकनाथ बराल
२) नेत्रप्रसाद ढुंगाना
३) तुल्सीराम मिश्र
४) नानीमैया नकर्मी
५) कुमार गुरुङ
६) चतुर ब्यञ्जनकार
७) वसन्त गौचन
८) हरिप्रसाद काफ्ले
९) रामकृष्ण दुवाल (गायक)
१०) छत्र बोहोरा
११) माधव प्रसाद अधिकार
१२) चुमकला बजाडे
१३) लक्ष्मीराज जोशी
१४) अमर कार्की
१५) विष्णु डंगोल
१६) कुमारी देवी महरा चमार
१७) भीम बहादुर खतिवडा




प्रतिक्रिया