एमालेसहित ठूला दलले काठमाण्डुमा सोमबार मात्रै मनोनयन दर्ता गर्ने

एमालेसहित ठूला दलले काठमाण्डुमा सोमबार मात्रै मनोनयन दर्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा ठूला राजनीतिक दलहरुले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धनका दलले उम्मेदवार टुंगो लागिनसकेको भन्दै उनीहरुले भोलि सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने भएका हुन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।

एमालेका काठमाण्डु जिल्ला अध्यक्ष दिपक निरौलाले काठमाण्डु भक्तपुर र ललितपुर तिनै जिल्लामा स्थानीय तह निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने उम्मेदार टुंगो लागिनसकेकाले भोलिमात्रै मनोनय दर्ता गरिने बताए । उनले भने, ‘उपत्यकाकाका जिल्लामा उम्मेदवार टुंगो लागिसकेको छैन । त्यसैले हाम्रो पार्टीको तर्फबाट भोलिमात्रै मनोनयन दर्ता गर्छौ ।’

त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । गठबनधन दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए ।

गठबन्धनको बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ । यता विवेकशील साझा लगायतका साना दलले भने आइतबार नै उम्मेदवारी दिने तयारी गरेका छन् ।