काठमाण्डु मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

काठमाण्डु मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाण्डु महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका उनी काठमाण्डु महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।