ललितपुरमा नेकपा एस र जसपा आउट, कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा नेकपा एस र जसपा आउट, कांग्रेस र माओवादीको मात्र गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा सत्ता साझेदार दल एकीकृत समाजवादी र जसपा भने समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१. ललितपुर महानगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : नेकपा माओवादी केन्द्र

२. गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस

३. महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस

४. कोन्ज्योसोम गाउँपालिका
अध्यक्ष : नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

५. बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

६. महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्ष. नेकपा माओवादी केन्द्र